समाज

पैचो पसलले मनायो दशौं वार्षिकोत्सव, गर्‍यो कृषकलाई सम्मान

इकागज |
पुस १५, २०८१ सोमबार १७:३९ बजे

गुल्मी-  गुल्मीको बलेटक्सारमा प्रधानकार्याल रहेको पैँचो पसल प्रालीले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा आफ्ना किसानलाई सम्मान गरेको छ ।

पैचो पसल प्रालीको केन्द्रीय कार्यलय गुल्मीको रुरुक्षेत्र गाँउपालिकास्थित बलेटक्सारमा आयोजित वार्षिकोत्सव कार्यक्रममा धेरै कृषि उत्पादन गर्ने, बेच्ने र संकलक गर्ने कर्मचारीलाई रुरु क्षेत्र गाँउपालिकाका अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथ्यतामा सम्मान गरेको हो ।


छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेय विशिष्ठ अतिथि रहेको सो कार्यक्रममा आफूहरुलाई कृषि पेशामा कटिबद्ध बन्न योगदान गरेको भन्दै स्थानीय कृषक समुहले पैचो पसललाई नै सम्मान समेत गरेका छन् ।

१० वर्षदेखि जिल्लामा किसानको कृषि उपच खरिद गर्दै देशभर पैचो ब्राण्डबाट प्रशोधित उत्पादन गर्दै बिक्रि वितरण गदै आएको छ ।

किसानसँग प्रत्यक्ष जोडिएर काम गरेको पैचो पसलले ग्रामीण अर्थतन्त्रलाई उस्कानको लागि किसानका कृषि उपज खरिद गदै बजारमा पु¥याउने र प्राशोधित उत्पादन बनाउने काम गर्दै आएको छ ।

वार्षिकोत्सव कार्यक्रममा रुरु क्षेत्र गाँउपालिकाका अध्यक्ष यदु ज्ञवालीले पैचोले किसानलाई आत्मनिर्भर बनाउन लागि ठुलो सहयोग गरेको बताए । उनले भने ‘पैचो किसाको सारथी भएको छ । पैचोले निरन्तर किसानसँग मिलेर काम गर्दा रुरुक्षेत्र गाँउपालिका लगायत वरपरमा स्थानमा समेत कृषि कर्ममा लाग्नेको संख्या बढेको छ यसले गाउँको अर्थतन्त्रमा सहयोग पुराएको छ । ’

उनले भने, ‘अब गाँउमा मोवाइल चलाएर बस्ने होइन माटोमा काम गर्ने हो भने घरमै बसेर राम्रो आन्दानी गर्न सकिन्छ भनेर पैचोले सम्भावना देखाएको छ ।’ पालिकाले समेत अबका दिनका कृषि उपजमा उत्पादनको आधारमा अनुदान दिने र कृषकसँग जोडिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । आफ्नो पालिकामा प्रधान कार्यालय राखेर १५० भन्दा बढी युवालाई रोजगारी प्रदान गरेको भन्दै ज्ञवालीले पैचोप्रति आभार व्यक्त गरे ।

यस्तै, छत्रकोट गाँउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले कृषिमा आत्मनिर्भर हुँदै समाजवादको बाटोमा अगाडि लाग्नु पर्नेमा जोड दिए । निजी क्षेत्रबाट पैचोले गाँउका लागि देखाएको कामले छत्रकोटका किसानलाई धेरै फाइदा भएको उनले बताए । पाण्डेयले भने, ‘पालिकाले ३१ वस्तुमा अनुदान दिएको छ । उत्पादनको आधारमा अनुदान दिने नीतिले कृषकमा उत्साह थपिएको छ । सबैले सकरात्मक धारणा बनाएर काम गर्ने हो भने गाँउबाट कृषि उपज शहरमा पु-याउन सकिने सम्भावना बढेको छ ।’

यस्तै, पैचो पसलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले गुल्मीमा १० वर्ष अघि स्थापना भएको कम्पनी देशको कृषि क्षेत्रमा काम गर्ने अब्बल कम्पनी भएको बताए । किसान र बजारसँग जोडिएको १० वर्षमा नेपालको पहाडी क्षेत्र सम्भावनाको क्षेत्र भएको पैचोले देखाएको बताए । अबका दिनमा केन्द्र, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्र लाग्ने कृषकहरुलाई सस्तो ऋण, अनुदानमा मल बीउ र उत्पादनको आधारमा अनुदान दिने नीति बनाउने हो नेपालको अर्थतन्त्र नै आत्मनिर्भर बन्न समय नलाग्ने उनले बताए।

पैचो पसलका प्रवन्ध निर्देशक धुव्र न्यौपानेले पैचोले पहाडमा कृषि क्षेत्रमा सम्भावनाको ढोका देखाएको बताए । उनले सानो लगानीमा स्थापना गरेको पैचो अहिले १५ करोड भन्दा बढि लगानी हुँदा गाँउका ५ सय जना किसानलाई रोजगारी दिन सक्नु कृषिमा सम्भावना र अवसरको क्षेत्र भएको बताए । अबका दिनमा किसानसँग जोडिएर काम गर्न लगानी र प्रविधि विस्तार गरेर अगाडि बढ्ने बताए ।

उद्योग वाणिज्य संघको वलेटक्सार शाखा अध्यक्ष तोयनारायण ज्ञवालीले पैचो जस्तो कृषिमा आधारिक कम्पनीले गाउँमा उद्योग खोलेर रोजगारी प्रदान गरेको भन्दै प्रसंशा गरे । उनले राज्यले गर्न नसकेको काम पैचोले गरेको बताए ।

कार्यक्रममा उपस्थित स्थानीय किसानहरुले पैचो कम्पनीले खेर गइरहेको तरकारीलाई आम्दानीको स्रोत बनाउन बाटो देखाएको बताएका थिए । आम्दानी गर्न गाँउ छोड्नुपर्ने बाध्यता पैचोले मोडलका कारण हट्दै गएको उनीहरुले बताएका थिए ।

कार्यक्रममा दशौं वार्षिकोत्सवको अवसरमा प्रकाशित पैचोको स्मारिका ‘पैचो प्रवाह’ विमोचन गरिएको थियो भने उत्कृष्ठ किसानलाई समेत सम्मान गरिएको थियो । सर्वोत्कृष्ट कृषकमा इमानसिंह राणा, उत्कृष्ठ संकलन शालिकराम ज्ञवाली, उत्कृष्ठ कृषक रामबहादुर नेपाली, भुवन खनाल, कमला घिमिरे, मिना शिरिष, पुनाराम ढकाल लगायतलाई नगदसहित सम्मान गरिएको थियो ।

यस्तै कम्पनीले बजार विभागको कर्मचारीमा धुब्र पौडेललाई समेत सम्मान गरेको थियो । कार्यक्रममा पैचोमा समानखरिद गर्ने भाग्यशाली ५० जनालाई लक्की ड्र मार्फत उपहार घोषणा गरेको थियो ।


Author

थप समाचार
x