डिआइजी कडायत र केसी एआइजीमा बढुवा सिफारिस
काठमाडौँ- नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी मानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालय बढुवा समिति सचिवालयले बुधबार राति डिआइजीद्वय कुवेर कडायत र रविन्द्र केसीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
हालसालै एआइजीद्वय भरतबहादुर बोहरा र किरण बज्राचार्यले अवकाश पाएपछि उक्त रिक्त दरबन्दीमा एआइजी बढुवा गरिएको बढुवा समिति सचिवालयले जनाएको छ ।
कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् थिए भने केसी केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए ।
यो बढुवामा डिआइजी जनक भट्टराई छुटेका छन्। उनी अब डिआइजीबाटै अवकाशमा जाने भएका छन् ।
आफ्ना निकट ब्याचमेट सबैलाई भाग पुर्याउने योजनाअनुसार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अहिले एआइजीहरूको बढुवा गरिरहेका थिए। कुँवरसँग निकट रहेका कारण कडायतले बढुवा पाए । गृहमन्त्री रमेश लेखकसँग नजिक भएकाले केसीले बढुवा पाए भने भट्टराई शक्तिकेन्द्रको रोजाइमा परेनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया