समाज

भूकम्पले सिन्धुपाल्चोकको प्रहरी चौकीमा क्षति

इकागज |
पुस २३, २०८१ मंगलबार ९:८ बजे

काठमाडौँ- भूकम्पले सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा रहेको चौकीमा सामान्य क्षति भएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा चीनको  नेपाल–चीन सिमाना रहेको चीनको दिङ्गे काउन्टीमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार उक्त भूकम्पले  भोटेकोशी–४ स्थित प्रहरी चौकीको भवन चर्किएको छ ।


दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।

भूकम्पको काठमाडौँ उपत्यका, सिन्धपाल्चोक, दोलखा, रामेछाप, काभ्रे, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो ।

भूकम्पको  धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।

केन्द्रले छदेखि आठ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेको छ ।

र, यो पनि

 

 


Author

थप समाचार
x