समाज

भूकम्पका कारण ११ जना बेहोस, दुई घाइते

इकागज |
पुस २३, २०८१ मंगलबार २१:५० बजे

फाइल फाेटाे

काठमाडौं - चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज बिहान गएको ७ रिक्टरस्केलको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ जना बेहोस) भएका प्रहरीले जानकारी दिएको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले विभिन्न जिल्लामा १३ जना घाइते भएका र दुई घर पूर्ण, एक आंशिक र ११ घरमा सामान्य क्षति भएको विवरण प्राप्त भएको जानकारी दिए ।


यद्यपि विवरण संकलका लागि प्रहरीहरू खटाइएकाले थप खुल्न बाँकी रहेको पनि उनले बताए । उनले भूकम्पका कारण काठमाडौँमा एक, बारामा ११ र काभ्रेमा एक जना घाइते पनि जानकारी दिए । 

काठमाडौँमा भाग्दा घाइते भएका, बारामा ११ जना भूकम्प आएपछि बेहोस भएका र काभ्रेका एक जना माथिबाट ढुङ्गा खसेर घाइते भएका अधिकारीले जानकारी दिए । 

ओखलढुङ्गामा एक घर पूर्ण र दुई घरमा सामान्य तथा सङ्खुवासभामा एक घरमा सामान्य क्षति भएको पनि उनले बताए  । उनका अनुसार सोलुखुम्बुम एक पूर्ण र एक आंशिक तथा तीन घरमा सामान्य क्षति भएका तथा ताप्लेजुङमा तीन, सिन्धुपाल्चोकमा एक र रामेछापमा एक घरमा सामान्य क्षति भएको छ ।


Author

थप समाचार
x