समाज

१४ लाख नगद र विभिन्‍न बैंकको चेकसहित २८ जुवाडे पक्राउ

इकागज |
असार २३, २०७८ बुधबार १८:१६ बजे

काठमाडौँ  : नेपाल प्रहरीले १४ लाख ५९ हजार नौ सय नगद र एक लाख ८० हजारको चेकसहित २८ जुवाडेलाई पक्राउ गरेको छ ।     महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका-६ बौद्ध सिमलटारस्थित वाङ्चु शेर्पाको घरमा ठूलो हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा मंगलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक रमेशकुमार बस्‍नेतले पैसाको ठूलो हारजित हुने गरी तास र जुवा खेलाएको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेकासँग प्रहरीले एक लाख ५९ हजार ९००, ११ हजार ४०० भारतीय रुपैयाँ, एक लाख ८० हजारको विभिन्‍न बैंकको चेक, ३० थान कौडा, १३ बुक खेलिरहेको तास र २१ बुक नखोलेको तास बरामद गरेको छ । 


पक्राउ परेकाहरूको आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्‍नेतले बताए । (रासस)
 


Author

थप समाचार
x