पत्रकार महासंघले भन्यो - धरानका मेयर हर्कराज राईले सामाजिक द्वन्द्व बढाए
फाइल फाेटाे
काठमाडौँ - नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सामाजिक द्वन्द्व बढाएको निष्कर्ष निकालेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले मेयर राईका कारण सामाजिक दूरी र द्वन्द्व बढ्दै गएको निष्कर्ष निकालेको जनाएका छन् ।
धरानका पत्रकार गोपाल दाहालबारे स्थलगत अध्ययन गर्न गठित समितिको प्रतिवेदन आइतबार सार्वजनिक गर्दै महासंघले मेयर राईले अधिकार दुरुपयोग गरी आफूलाई कानुन भन्दा माथि राख्न खोजेको ठहर गरेको छ ।
महासंघले केन्द्रीय सदस्य कमल रिमाल र शंकर खरेल, महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष भरतबहादुर खड्का, सुनसरी शाखा अध्यक्ष सन्तोष काफ्ले र वरिष्ठ पत्रकार हर्ष सुब्बाले सबै दलसँग छलफल गरी तयार पारेको स्थलगत प्रतिवेदन सार्वजनिक गर्दै धरानका मेयरबाट सामाजिक द्वन्द्व बढाउने गतिविधि भइरहेको ठहर गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राईका गतिविधिहरू सामाजिक रुपमा दूरी र द्वन्द्व बढाउने खालका छन्।’
प्रमुख राईले आफ्नो आलोचना गर्नेहरू, नगरमा भएका बेथितिबारे समाचार लेख्नेहरूलाई गाली बेइज्जत गर्ने, समर्थकहरूबाट धम्की दिन लगाउने, भौतिक आक्रमणसम्म गर्ने र थप समाचारहरू लेख्न नसक्ने बनाउनेसम्मका हर्कत गरिरहेको महासंघको ठहर छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया