रविको विपक्षमा बहस गर्ने अधिवक्ता त्रिपाठी अदालत परिसरमै पिटिए
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता कुटिएका छन् ।
सहकारी पीडितको पक्षबाट पोखरा र काठमाडौं दुवै अदालतमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी कुटिएका हुन ।
रवि लामिछानेको थुनछेक बहस सकिएर आदेश पर्खिरहेको बेला बाहिर निस्किएका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसर भित्रै कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
अहिले स्थितिलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने त्रिपाठीलाई प्रदर्शनकारीबाट सुरक्षित स्थानमा राखिएको छ।
अदालतले लामिछानेलाई थुन्ने कि धरौटीमा रिहा गर्ने भन्ने निर्क्योल हुन बाँकी रहेका बेला लामिछानेका समर्थक भने अदालत बाहिर जम्मा भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया