समाज

उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउने

इकागज |
माघ ३, २०८१ बिहीबार १६:४१ बजे

फाइल फाेटाे

काठमाडौँ - उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउने भएको छ । 

बिहीबार काठमाडौंमा ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा मजुदुर टे्रड युनियनबीच भएको छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विनोद घिमिरेले नो हर्न प्लिज अभियानलाई पूर्णरुपमा लागू गर्ने बताएका हुन् । 


उपत्यका ट्राफिक प्रहरी कार्यालय २०७३ सालमा नो हर्ज प्लिज अभियान सुरु गरेपनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । ट्राफिक प्रहरी प्रमुख घिमिरेले जनताचेतनामूलक कार्यक्रम गर्दै हर्न बजाउन नपाइने नियमलाई कार्यान्वयन गर्ने बताए । उनले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न र सेवा ग्राहीलाई सहज सेवा दिन यातायात व्यवसायीले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे । 

त्यस्तै यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुलुकमा सवै क्षेत्रमा सुधार देखिएपनि राज्यले यातायात क्षेत्रको सुधारमा ध्यान दिन नसेकेको बताए । भक्तपुरदेखि काठमाडौंसम्म द्रुतबसको सेवा सुरु गरेपनि पूर्वाधारलाई ध्यान दिन नसक्दा द्रुतबस सञ्चालनमा समस्या भएको उनले बताए । 

उनले यातायात क्षेत्रलाई सुधार गर्नका लागि छुट्टै लेनको व्यवस्था गर्नुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x