धोबीखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइयो
फाइल फाेटाे
काठमाडौँ - काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएका घर–टहरा भत्काउन सुरु गरेको छ ।
प्राधिकरणले मापदण्ड विपरीत, सार्वजनिक जग्गामा बनेका संरचना, सेटव्याक मापदण्ड नअपनाइ बनाइएका घर–टहरा भत्काउन सुरु गरेको हो । सोही क्रममा आइतबार काठमाडौं महानगर वडा नंवर ७ मालपोत कार्यालय नजिकै रहेको धोबीखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइएको छ । अतिक्रमित संरचना अटाउने क्रममा केही व्यक्तिहरूले विरोध समेत गरेका थिए ।
धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै आम्दानी स्रोतका लागि बनाइएका घर–टहरा भत्काउन सुरु गरिएको प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेतले जानकारी दिए ।
बस्नेतले जग्गा प्लटिङ, संस्थागत भवन, सार्वजनिक, व्यापारिक, पार्टी प्यालेश अस्पताल, विद्यालयलगाएतका संरुचना बनाउनका लागि अनिवार्य रुपमा अनुमति लिनुपर्ने बताए ।
प्राधिकरणले स्वीकृति नलिई संरचना बनाइएको पाइएमा संरचना भत्काउनुका साथै कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ । मापदण्ड विपरीत संरचना बनाएको पाइए जिल्ला आयुक्तको कार्यालयमा उजुरी दिन समेत प्राधिकरणले आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया