समाज

गंगाजल छर्केर शहीदको शालिक शुद्धीकरण गरियो

इकागज |
माघ ६, २०८१ आइतबार १९:३५ बजे

सिरहा - मधेशी शहीदको शालिकलाई मधेशी दलका नेताहरूले अछुत बनाएको भन्दै युवा तथा नागरिक समाजका अगुवाले शुद्धीकरण गरेका छन्।

माघ ५ गते मधेश बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा रहेका मधेश आन्दोलनका शहीदहरूको शालिकलाई युवा तथा नागरिक समाजका अगुवाले गंगाजल छर्केर शुद्धीकरण गरेका छन्।


मधेश जनजागरण अभियानका (त्रिनेत्र)का संयोजक रंजित कुमार झाले मधेशी दलका नेताहरू मधेशी शहीदको अपमान गर्दै आएको गम्भीर आरोप लगाएका छन्। उनले मधेशी युवालाई हत्या गर्ने ठूला दलका नेताको पाउँपुजा गर्नेहरूले सहीदको शालिक छोएकोले अछुत भइसकेको भन्दै गंगाजल छर्केर शुद्धीकरण गरिएको दाबी गरे।

मधेशका मसीहा भनाउने उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतहरूले मधेश आन्दोलनका एजेण्डालाई छोडिसकेको उनीहरू सत्ता र भत्तामा मात्र समाइरहेको आरोप नागरिक समाजका अगुवाले लगाए। 


Author

थप समाचार
x