सहिद सप्ताह सुरु : शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली
काठमाडौँ- मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका सहिदहरूको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ ।
काठमाडौँ महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म अमर सहिदलाई स्मरण गरी सहिद सप्ताह मनाउने गरिन्छ ।
सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको टेकुस्थित उनको सालिकमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले माल्यार्पणका साथ श्रद्धाञ्जली अर्पण गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया