गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
फाइल फाेटाे
डोटी - डोटीको बडीकेदार गाउँपालिका–५ की एक गर्भवतीको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
बडीकेदार–५ केदारमाडौँ की २३ वर्षीया विस्नादेवी पुनमगर सुत्केरी हुन नसकी अचेत अवस्थामा रहेकी थिइन् । उनलाई स्थानीय सामुदायिक स्वास्थ्य एकाइ सेउडीखेतमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि विस्नादेवीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
विस्नादेवीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा भर्ना गरिएको प्रजिअ जोशीले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया