कृष्णहरि पुस्कर सचिवमा बढुवा
काठमाडौँ : कृष्णहरि पुस्कर सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषद् बैठकले पुस्करलाई सहसचिवबाट सचिवमा बढुवा गरेका हुन् ।
बढुवा भएका पुस्करले आफूलाई बधाई आइरहेको तर अफिसियल जानकारी नआएको इकागजलाई बताए । उनले भने,'अफिसियल जानकारी त भोलि नै आउला ।'
यसअघि लोकसेवा आयेगले प्रशासन तर्फको १ सचिवका लागि ३ जना सहसचिवको नाम सिफारिस गरेको थियो । आयोगद्वारा गठित समितिले तीन जना सहसचिवको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा कृष्णहरि पुस्कर, खगेन्द्र नेपाल र किरण राज शर्मा रहेका थिए ।
उक्त सिफारिस गर्ने समितिमा आयोगका अध्यक्ष संयोजक रहेका छन् । आयोगको उक्त समितिमा पाँच सदस्य छन् । जसमा आयोगका अध्यक्ष, आयोगले तोकेको वरिष्ठ सदस्य, मुख्यसचिव, सामान्य प्रशासन मन्त्रालयका सचिव र एकजना विज्ञ रहन्छन् । यो समितिको सिफारिस भएका सहसचिव मध्ये एकजनालाई मन्त्रिपरिषद्ले सचिव बनाउनुपर्ने कानुनी प्रावधान छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया