समाज

नायिका जेनी कुँवरले गरिन् आत्महत्या

इकागज |
असार २४, २०७८ बिहीबार २१:४५ बजे

काठमाडौँ : नायिका तथा चलचित्र निर्माता जेनी कुँवरले आत्महत्या गरेकी हुन् । काठमाडौं थापागाउँस्थित आफू बस्‍ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे आत्महत्या गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायव उपरीक्षक भीमबहादुर लामाले जानकारी दिए । 

'झुण्डिएको अवस्थामा उहाँको शव भेटिएको छ । सुसाइड नोट पनि हामीले फेला पारेका छौँ,' लामाले इकागजसँग भने । 


आत्महत्या गरेको खुलेकाले घटनाबारे मुचुल्का तयार पार्ने काम भइरहेको प्रहरीले जनाएको छ । कुँवरले घायल नामक चलचित्र बनाएको थिइन् । 


Author

थप समाचार
x