समाज

जातीय विभेद गर्नेलाई कारबाही गर्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र

इकागज |
असार २५, २०७८ शुक्रबार ५:३९ बजे

सुर्खेत : जातीय विभेदलाई प्रश्रय दिने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै दबाब स्वरुप कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई  ज्ञापनपत्र बुझाइएको छ । नेपाल दलित मुक्ति अभियान कर्णाली प्रदेशले मुख्यमन्त्री शाहीलाई बिहीबार ज्ञापनपत्र बुझाएको हो ।

कलाकार तथा पत्रकार रुपा सुनारलाई जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानलाई प्रहरी हिराशतबाट छुटाएर आफ्नै गाडीमा राखेर घर पुर्याउने मन्त्री श्रेष्ठको देशभर चर्को आलोचना भइरहेको छ ।


सोही विषयमा देशभर आन्दोलन चर्किरहेका बेला कर्णाली प्रदेशको दलित मुक्ति अभियानले मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएर जातीय विभेद अन्त्य गर्न ध्यानाकर्षण गराइएको अभियानका सचिव रमेश परियारले जानकारी दिए । 

बिहीबार मात्रै जुम्लामा पनि दलित युवामाथि वडाध्यक्षले जातीय विभेद गरेको भन्दै अभियान्ताले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । जातीय विभेदका घटनाको छानबिन, दोषीलाई कारबाही र पीडित दलित समूदायलाई न्याय दिन मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको अभियानका सचिव परियारले बताए । 


Author

थप समाचार
x