समाज

भारी वर्षाले तिनाउ खोलामा बाढी

इकागज |
असार २५, २०७८ शुक्रबार ५:५० बजे

काठमाडौँ : बुधबारदेखिको भारी वर्षाले तिनाउ खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउसँगै कोशी, नारायणी र यसका सहायक नदीहरुमा बहाब बढेको छ ।

केही खोला तथा नदीमा पानीको सतहले सतर्कता तह पार गरेकाले बाढीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । त्यसमध्ये तिनाउ, कन्काई, कमला, बागमती पूर्वी राप्ती लगायतका खोलामा बाढी आएको हो ।


केही सना सहायक नदीहरुमा आकस्मिक वहाव बढेर बाढी आउने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन महाशाखाले आग्रह गरेको छ । 
 


Author

थप समाचार
x