समाज

२२ किलो सुन बरामद

इकागज |
कात्तिक १, २०७७ शनिबार १४:४१ बजे

पर्सा : पर्साको वीरगञ्जबाट प्रहरीले २३ किलोभन्दा बढी सुन र चाँदीका गर गहना बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तको नेतृत्वको टोलीले वीरगञ्ज महानगरपालिका ५ रेशम कोठी स्थित श्री गणेश अपार्टमेन्टको तेश्रो तल्लाको ३०३ नम्बर फ्लाटमा छापामारी गरी सुनको विस्कुट र चाँदीकँ गहना बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोज सिंह कुँवरका अनुसार दुई दिनदेखि प्रहरीले अपार्टमेन्टको निगरानी गरिरहेको थियो । गोप्य सूचनाको आधारमा शनिवार दिउंसो करीब १ बजेतिर खानतलासी गर्दा सुनका १ केजीका १३ वटा बिस्कुट, सुनकै मझौला बिस्कुट ८ केजीका ४६ थान, ५ सय ७६ ग्राम र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद गरिएको प्रवक्ता सिंहले बताए ।



प्नहरीले सुनका ६८१ ग्राम तौल भएका गहना पनि बरामत भएको जानकारी दिएको छ । सबै गरेर २३ केजी १ सय ५७ ग्राम सुन र २ केजी २ सय ६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा बरामद भएको प्रवक्ता कुँवरले जानकारी दिए ।


सुरक्षामा खटिएका सेक्युरिटी गार्डकाे भनाइ उदृत गर्दै प्रवक्ता कुँवरले सो अपार्टमेन्ट भारतको पुर्वी चम्पारण अररिया जिल्ला निवासी अशोक सिन्हाको रहेको जानकारी पाएको बताए । अपार्टमेन्ट खाली रहेकाले सम्बन्धित व्यक्ति फेला परेका छैनन् । घटनाको अनुसन्धानपछि बरामद गरिएका सुन सहितका सामाग्री आन्तरिक राजश्व कार्यालयलाई बुझाइने उनले जानकारी दिए । 

 


Author

थप समाचार
x