पाथीभरा केबलकार विवाद : बन्द आव्हान गर्दै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच झापाको दमकमा झडप
फाइल फाेटाे
काठमाडौं - ताप्लेजुङको मुक्कुम्लुङमा केबलकार निर्माण खारेजीको माग गर्दै आह्वान गरिएको बन्दका कारण पूर्वका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।
केबलकार खारेजी संघर्ष समिति, मुक्कुम्लुङ संरक्षण समिति लगायतले आह्वान गरेको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको हो ।
बन्द आह्वान गर्दै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच झापाको दमकमा झडप भएको थियो । सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्वका विभिन्न जिल्लाका राजमार्गमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरेर यातायात सुचारु गर्ने प्रयास गरिएको छ । विभिन्न माग राख्दै संघर्ष समितिले हित माघ २० र २१ गते दुई दिन अरुणपूर्वका ९ जिल्ला बन्दको आह्वान गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया