आगलागी हुँदा ३२ लाख बढीको क्षति
काठमाडौँ- काठमाडौँका विभिन्न स्थानमा भएको आगलागीबाट रु ३२ लाख बढीको क्षति भएको छ ।
यहाँको बूढानीलकण्ठमा रहेका छ वटा घर तथा पसलमा र कोटेश्वरको एउटा घरमा आगलागी हुँदा सो क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए ।
उनले आगालागी गएराति विभिन्न समयमा भएको र आज प्रारम्भिक क्षतिको विवरण सङ्कलन भएको बताए । प्रहरीका अनुसार बूढानीलकण्ठ नगरपालिका–८ महाँकालस्थित रामचन्द्र पराजुलीको जग्गा भाडा लिई जस्ताले बनाएका सटरहरूमा आगलागी भएको हो ।
सो आगलागीमा बूढानीलकण्ठ कपन बस्ने ईश्वर गौतमको फर्निचर उद्योग, सोही नगरपालिका–८ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका–७ घर भएका वीरेन्द्र साहको माछा पसल, सोही नगरपालिका–८ भङ्गाल बस्ने दोलखा सैलुङ गाउँपालिका–५ घर भएका रूद्र बस्नेतको क्याटरिङको सामान पसल जलेको हो ।
सोही सटरमा जोडिएको सोही नगरपालिका–८ सुन्दर बस्ती बस्ने कास्की माछापुच्छ्रे गाउँपालिका–२ घर भएका लिलाबहादुर तामाङको खाजा घर र सोही नगरपालिका–७ बस्ने झापाका अर्जुन चौधरीको मोटरसाइकल ग्यारेजमा पनि आगलागी भएको थियो ।
उक्त आगलागीबाट रु २५ लाख १४ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । यता काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर रत्नमार्गस्थित सुरेश ढकालको घरमा डेरा गरी बस्ने गोरखा नगरपालिका–१ का ३३ वर्षीय रामबहादुर थापाको कोठामा आजै विद्युत् सट भई आगलागी भएको छ ।
उक्त आगलागीमा करिब रु सात लाख ५५ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया