समाज

सय थुम्का मिलेर बनेको शैलुङ (फोटो फिचर)

भरतराज कँडेल |
माघ २७, २०८१ आइतबार १२:३० बजे

काठमाडौँ- दोलखाको प्रशिद्ध पर्यटकीय क्षेत्र हो शैलुङ । १२८.६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शैलुङ गाउँपालिका दोलखा जिल्लाको एक ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पर्यटकिय महत्व बोकेको गाउँपालिका हो । 


बौद्ध, हिन्दु, क्रिश्चियन र बोन धर्मवालम्बीहरुको आस्थाका केन्द्रको रुपमा परिचित शैलुङ पर्वतको नामबाट गाउँपालिकाको नामाकरण भएको हो । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई साङ्गेलुङ भनिन्थ्यो, पछि अपभ्रश हुँदै शैलुङ रहन गयो ।

शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो । तामाङ भाषमा 'शै' भनेको सय र 'लुङ' भनेको थुम्का भनिन्छ । 

शैलुङ डाँडाबाट मनमोहक गौरीशङ्कर हिमाल , सगरमाथा, माछापुच्छ्रे हिमाल, गणेश हिमाललगायत देखिने भएकोले यो स्थान अझ रमणीय पर्यटकीय स्थल बनेको छ ।

 


Author

थप समाचार
x