मकुनाको हत्या गरेको भन्दै प्रदर्शन
![](https://ekagajcdn.prixacdn.net/media/albums/Screenshot_2025-02-13_145721_CHL3yGEFWk.png)
काठमाडौं - चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले मकुना नामको हात्तीको हत्या गरेको भन्दै पशुअधिकारकर्मीहरुले विरोध जनाएका छन् ।
बिहीबार काठमाडौंको बबरमहलस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बाहिर प्रदर्शन गर्दै पशु कल्याण संघ नेपालले मकुना नामको हात्तीको हत्या गर्नेलाई कारबाही गर्न समेत माग गरेका छन् ।
सुरक्षाका नाममा हात्तीलाई सिधैँ गोली हानेर हत्या गरिएको संघको आरोप छ । प्रदर्शनमा सहभागीहरूले मकुनालाई न्याय दे, राष्ट्रिय निकुञ्ज मकुना–रोनाल्डोहरूको हो, आत्मरक्षाका नाममा निर्दोष जनावरको हत्या बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
पशु कल्याण संघ नेपाली अध्यक्ष स्नेहा श्रेष्ठले मकुना हात्तीलाई निर्ममता पूर्वक हत्या गरेको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने बताइन् ।
उनले दोषीलाई कारबाही नभएसम्म निरन्तर दबाबका कार्यक्रम आयोजना गर्ने उल्लेख गरिन् । चितवन राष्ट्रिय निकुञ्जले भने सुरक्षा टोलीलाई आक्रमण गर्न आएपनि आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताउँदै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया