समाज

लागुऔषधसहित दुई जना नियन्त्रणमा

इकागज |
फागुन १, २०८१ बिहीबार १९:३४ बजे

सांकेतिक फोटो

काठमाडौं - सशस्त्र प्रहरी बलले काठमाडौंको  गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीबाट आज ‘पोलाइन्ड’ नामक  लागुऔषध जस्तो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

एपिएफ इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा स्थानीय एक होटलबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा पाँच किलोग्राम पोलाइन्डसहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 


अनुसन्धानकै क्रममा रहेकाले शस्त्र प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । प्रहरीले उनीहरूले प्रयोग गरेको स्कुटर र मोटरसाइकलसमेत बरामद गरेको छ ।
 


Author

थप समाचार
x