दुई किलोको वालमा मोटरसाइकल ठोक्कियो, चालक खोलामा खसे
![](https://ekagajcdn.prixacdn.net/media/albums/dubeko_5exCGtlU3m.jpg)
काठमाडौँ- मुग्लिङ-नारायणगढ सडक खण्डको दुई किलोमा मोटरसाइकल दुर्घटना भएको छ । शुक्रबार मुग्लिङ-नारायणगढ सडक खण्डको दुई किलोमा वालमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको बताइएको छ ।
बा. प्रदेश-०६-०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल चालक खोलामा खसेका छन् । उनको उद्धारका लागि स्थानीय टायरको माध्यमबाट त्रिशूली खोलामा पुगेका छन् । उक्त मोटरसाइकलमा रहेको बिलबुकमा लमजुङ चन्द्रेश्वर-३ का रोहित रानाको नाम रहेको छ । तर रानाले नै चलाएका थिए कि अरूले नै भन्ने खुलेको छैन् ।
चालकको पहिचान नखुलेको र उनको खोजिकार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । उद्धारका लागि सशस्त्र प्रहरीको टोलि घटनास्थलतर्फ जाँदैछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया