समाज

उत्तरी यूरोपका एनआरएनए एकै ठाउँमा

इकागज |
फागुन ९, २०८१ शुक्रबार ७:४ बजे

काठमाडौँ-  एनसिसि-नोर्डिक को पाँचौं बैठक डेनमार्कको कोपेनहेगनमा सम्पन्न भएको छ । 

गत शनिवार दुई चरणमा सम्पन्न भएको उक्त बैठकको पहिलो  "खुल्ला शनिवार चरण" आयोजक राष्ट्र गैरआवासीय नेपाली संघ,डेनमार्कका वर्तमान अध्यक्ष कमलराज शर्माको अध्यक्षता र महासचिव नविन आचार्यको संचालनमा भएको थियो ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा  डेनमार्कका लागि नव नियुक्त नेपाली राजदूत महामहिम सुम्निमा तुलाधर, विशेष अतिथि गैरआवासीय नेपाली संघ यूरोपक्षेत्रका डि.आर.सि. राजु अर्यालले गरेका थिए।

उक्त कार्यक्रममा नर्डिक क्षेत्रका ४ वटै राष्ट्र क्रमशः डेनमार्क, स्विडेन, फिनल्यान्ड र नर्वे आईसीसी सदस्य, राष्ट्रिय समन्वय समितिका अध्यक्ष तथा प्रतिनिधिहरूले नवनियुक्त राजदूतलाई स्वागत गर्दै नेपाली राजदूतावासले पुर्याउनु पर्ने सेवा सुविधाप्रति चासो राख्दै गरिएका प्रशनमा महामहिम राजदूत ले नेपाल सरकारका तर्फवाट हुनसक्ने सेवा-सुविधामा कुनै कमि हुन नदिने जिकिर गरेका छन् ।

नोर्डिक क्षेत्रमा वसोवास गर्ने नेपालीहरूको हकहित र नेपालीहरूले मातृभूमीमा पुर्याउन सक्ने लगानी तथा सेवा लाई विशेष ध्यानमा राखी सुरू गरिएको यस कार्यक्रममा नेपालको मानव अधिकारका क्षेत्रमा लामो समय काम गर्नु भएका गौरी प्राधानले  उत्तरी यूरोप र नेपालको दैत्य सम्वन्धका वारेमा वताउदै यसका सम्भावना हरूका विषयमा विश्लेषणात्मक चर्चा गरेका थिए ।

दोस्रो चरण को "बन्दसत्र" कार्यक्रम लाई कार्यक्रमका संयोजक समेत रहेका गैर आवासीय नेपाली संघ, डेनमार्कका आइसीसी सदस्य दिपक राज रिजाल ले संचालन गरेका थिए। 

नोर्डिक क्षेत्रका गैरआवासीय नेपाली संघ राष्ट्रिय समितिका प्रतिनिधिहरू लगायत यस क्षेत्रमा वसोवास गर्ने गैरआवासीय नेपालीहरूको वाक्लो उपस्थितिमा सम्पन्न यस कार्यत्रममा सस्थामा भएका तथा भविष्यमा गर्नु पर्ने कार्यलगायत हाल गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिसदमा देखिएको समस्या लाई गम्भिरता पुर्वक छलफल तथा अन्तरक्रिया गर्दै यस क्षेत्रका एनआरएनएए राष्ट्रिय समन्वय समितिहरू ले केन्द्र लाई चांडो भन्दा चांडो समस्या समाधानका लागि दवाव दिन “राष्ट्रको हित, एनआरएनएए को हित तथा सामुहिक अधिकार” भन्ने नाराका साथ उपयूक्त समयमा एकताको महाधिवेशनको पक्षमा उभिन चार वटै समिति एकै ठाउँमा रहने निर्णय गरेको विषेश शुत्रले जानकारी दिएको छ।


Author

थप समाचार
x