प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो अब नेपाली भएर बाच्ने आधार त दिनुस् : मेयर बालेन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई मेयर पद बिर्सेर नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले यस्तो बताएका हुन् ।
मेयर बालेनले विदेशी शक्तिहरूले हेप्ने गरेको सन्दर्भ सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।
'प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन' मेयर बालेनले लेखेका छन् 'मलाई मेयर हो भनेर बिर्सिनुस् नेपाली भएर बाच्ने आधार त दिनुस् ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया