समाज

पृतनापति समन्वयात्मक बैठक सम्पन्‍न

इकागज |
फागुन ९, २०८१ शुक्रबार २१:४४ बजे

काठमाडौँ- जंगीअड्डामा बिहीबारदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठक आज सम्पन्न भएको छ । बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, तालिमको समीक्षा, बन्दोबस्ती पक्षलगायत विविध विषयमा छलफल भएको थियो ।

बैठकको समापन सत्रलाई सम्बोधन गर्दै प्रधान सेनापति अशोकराज सिग्देलले सकल दर्जाको सामूहिक भावना तथा एकतामा जोड दिए । उनले नेपाली सेनाको व्यावसायिकता अभिवृद्धि गर्दै देश र जनताको सेनाप्रतिको अपेक्षा पूरा गर्न सकल दर्जाले जिम्मेवार भई काम गर्नुपर्ने बताए ।


प्रधान सेनापतिले गौरवपूर्ण नेपाली इतिहासको अध्ययन, अध्यापन र जगेर्नामा टेवा पुग्ने कार्यक्रम लागू गर्न निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बैठकको समापन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीबृन्दलगायत अधिकृतहरूको उपस्थिति थियो ।


Author

थप समाचार
x