बिर्यानी अड्डाले वार्षिकोत्सवमा 'बियार्नी फेस्ट' गर्ने

काठमाडौँ- बिर्यानी अड्डाले आफ्नो वार्षिकोत्सवमा 'बियार्नी फेस्ट' गर्ने भएको छ । आफ्नो छैटौँ वार्षिकोत्सवमा बिर्यानी अड्डा बालुवाटारले ‘ग्रान्ड अनलिमिटेड बियार्नी फेस्टिभल’ गर्ने भएको हो ।
अड्डाले भोलिबाट फागुन २१ गतेसम्म सो फेस्टिबल गर्ने भएको छ । सो अवसरमा ग्राहकहरुले ५ सयमा विभिन्न ५ प्रकारका बियार्नीको मज्जा लिन सक्ने बताइएको छ । कम्पनीका महाप्रबन्धक सुरेश भुजेलका अनुसार सो अवसरमा हाइद्राबादी, लखनउ, केरला, पाकिस्तानी र अरबिक मज्बोस बियार्नीको अनलिमिटेड मज्जा लिन सकिने छ ।
अड्डाले आफ्नो वार्षिकोत्सवमा ४० वर्षभन्दा लामो समय सेफका रुपमा सेवा दिँदै आएका राजकुमार र श्रीकृष्णबाट सेवा प्रदान गर्ने जनाएको छ ।
त्यस्तै आफूहरुले पछिल्ला छ वर्षहरुमा उत्कृष्ट बिरयानी, कबाब, भारतीय करी र विविध बहुपकवान मेनुको सेवा दिँदै आएको बिर्यानी अड्डाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया