नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

काठमाडौँ- नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ।
८४ वर्षीया श्रेष्ठको शुक्रबार बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो।
शारदा नेपालको पहिलो महिला न्यायाधीश हुन् भने उनी सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश हुन्।
२०६१ साल वैशाखमा सर्वोच्च अदालत प्रवेश गरेकी शारदा २०६५ जेठमा सर्वोच्चबाट बिदा भएकी थिइन्।
सर्वोच्च पुग्नुअघि उनी उच्च अदालत राजविराजमा न्यायाधीशका रूपमा कार्यरत रहेको उनीनिकटले जानकारी दिएका छन्।
परिवारका अनुसार उनको शुक्रबार नै अन्त्येष्टि गरिने छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया