भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न विभागलाई ध्यानाकर्षण

काठमाडौं - यातायात व्यवसायीहरूले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न यातायात व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले सोमबार विभागमा संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउँदै ओभरलोड सवारी साधनलाई कडाइका साथ जरिवाना तथा कानुनी कारवाही गर्नुपर्ने र भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्नुपर्ने जनाएका हुन् ।
भारवहन सीमा कडाइका साथ कार्यान्वयन नुहुदा देशभरका ५५ वटा पुलहरू जोखिमपूर्ण अवस्थामा पुगेको र यसका कारण आवतजावतमा समस्या भएकाले विभागको ध्यानाकर्षण गराइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए।
उनले मालबाहक सवारी दुर्घटना पश्चात हुने क्षतिका लागि राहत कोष स्थापना गर्न समेत माग गरेको बताए ।
त्यस्तै यातायात व्यवसायीहरूले सडक तथा पुलहरूको निरीक्षण र मर्मत गर्नुपर्ने र गृह मन्त्रालयबाट परिपत्र भएको १२ बुँदे दुर्घटना न्यूनीकरण प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरेका छन् । उनीहरूले आफ्ना मागका बारेमा १५ दिनभित्र कार्ययोजना नबनाए संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया