थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो

काठमाडौँ- काठमाडौँको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ । मंगलबार थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल छिर्नेतर्फको सडकमा खानेपानीको पाइप फुटेको हो ।
पाइप फुटेपछि उक्त क्षेत्रमा आएको बाढीले सडकसमेत अवरुद्ध भएको छ । नजिकका फार्मेसीहरू, रेस्टुरेन्ट, पसललगायतमा पानी पसेको छ ।
यसअघि पनि बबरमहलमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया