टिकाथलीमा खनिएको बोरिङबाट निस्कियो आगोको ज्वाला

काठमाडौँ- ललितपुरको टिकाथलीमा पानीका लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्किएको छ । बोरिङको लागि पाइप गाडेको ठाउँमा आगोको ज्वाला दन्किएपछि निभाउने प्रयास भइरहेको छ।
पानी छ्यापेर आगो निभाउने प्रयास भए पनि आगो निभेको छैन। पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङ गर्ने काम पनि रोकिएको छ। करिब ९ सय फिट (तीनसय मिटर) खनिसकेपछि आगोको ज्वाला निस्किएको हो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया