समाज

गृह मन्त्रालयले गर्‍यो ७ सहसचिवको सरुवा

इकागज |
फागुन २२, २०८१ बिहीबार १२:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- गृह मन्त्रालयले ७ सहसचिवको सरुवा गरेको छ । प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो ।

गृह मन्त्रालयले आज सार्वजनिक गरेको सरुवा सूची अनुसार धर्मराज जोशी बाँकेमा सीडीओ भएर गएका छन् । त्यस्तै संखुवासभामा दिव्यराज पोखरेल,खोटाङमा नरहरि घिमिरे, रौतहटमा विनोद खड्का, ओखलढुंगामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरे सीडीओको रुपमा पुगेका छन् ।


त्यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारी गृह मन्त्रालयमा तानिएका छन् । 


 


Author

थप समाचार
x