समाज

हर्षोल्लासका साथ मनाइयो होली

इकागज |
फागुन २९, २०८१ बिहीबार १४:५५ बजे

फाइल फाेटाे

काठमाडौं - रंगहरुको पर्व होली बिहीबार देशका पहाडी जिल्लाहरूमा हर्षोल्लासका मनाइएको छ । 

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली एक आपसमा रङ लगाएर मनाउने गरिन्छ । हिन्दू संस्कृति अनुसार होलीको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता युगमा भगवान विष्णुका भक्त प्रल्ह्लादसंग जोडिएको होली हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैं आगोमा भष्म भएको पौराणिक कथन छ ।


त्यसैले होली खेल्ने दिनको अघिल्लो रात होलीका दहन गरिन्छ । होलीका दहन पछि बिहानै देखि विभिन्न रंगका अविर आपसमा स्नेहका साथ लगाएर होली खेल्ने गरिन्छ । यसका साथै फाल्गुण कृष्ण पूर्णिमाका दिन मनाइने होलीका दिनबाट वसन्त ऋतुको आगमन हुने भएकाले यसलाई वसन्त उत्सवकारुपमा पनि मनाउने गरिन्छ ।

सबै उमेर समूहले उत्सवका साथ मनाउने होलीमा रंगहरूका साथै नाचगान र रमाइलो गर्ने पनि चलन छ । होलीलाई पुरानो कटुता समेत समाप्त गरेर आपसमा स्नेह र सद्भाव प्रारम्भ गर्ने सुखद दिनका रुपमा समेत लिइन्छ ।


Author

थप समाचार
x