समाज

आफूले कुनै सरकारी जग्गा कब्जा नगरेको केसीको दाबी

इकागज |
चैत २, २०८१ शनिबार १४:३४ बजे

काठमाडौं - चिकित्सक संघका पूर्व अध्यक्ष डा केदार नरसिंह केसीले आफूले कुनै सरकारी जग्गा कब्जा नगरेको दाबी गरेका छन् । 

तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोकमा रहेको सरकारी जग्गा ओगटेको विषय सार्वजनिक भएपछि शनिबार स्थानीय जनप्रतिधिलगायतलाई सँगै राखेर पत्रकार सम्मेलन गर्दै उनले आफ्नो सार्वजनिक छवि बिगार्नका लागि आफूमाथि आरोप लगाएको भन्दै  कुनै सरकारी जग्गा कब्जा नगरेको दाबी गरेका हुन् । 


उनले कित्ता नंवर ६२ आफ्नो नाममा रहेको र कित्ता नंवर ६३ सरकारको नाममा रहेको जिकिर गरे । केसीले सरकारी जग्गामा आफूले भोगचलन नरहेको स्पष्ट पारे । कित्ता नंवर ६१ आफ्नो श्रीमती नाममा रहेको र उक्त कित्ता सार्वजनिक सडकमा हालेर सट्टापट्टा गरेर कित्ता नंवर ६२ आफ्नो नाममा कायम भएको उनले बताए । 

उनले अब सरकारको नाममा रहेको जग्गा नचाहिने र सरकारी जग्गा दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाए । केही दिन अघि बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठ र शिशिर खनालले लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताको कब्जामा रहेको आरोप लगाएका थिए । डा केसीले आफूमाथि लगाएको आरोपले आफू नडराउने बताए ।


Author

थप समाचार
x