सिन्धुपाल्चोकबाट सुपरमार्केटको सामान लिएर आएको कन्टेनरमा ७४० थान भेप, चालक खत्री समातिए

काठमाडौँ- प्रहरीले ७४० थान (विद्युतिय चुरोट) भेपसहितको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराति सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट काठमाडौँका लागि छुटेको ना ६ ख ५४९६ नम्बरको ट्रकबाट भेपसहित चालक प्रवीण खत्रीलाई अस्थायी प्रहरी चौकी बाह्रबिसेस्थित खोर्सानीबारीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
ट्रकको कन्टेनरमा सुपरमार्केटको सामान र अन्य रेडिमेट सामग्री ठूलो मात्रामा रहेको उच्च स्रोतले इकागजलाई बतायो । प्रहरीले उक्त ट्रकलाई गोप्य सूचनाको आधारमा २० लाख रुपैयाँ बराबरको भेप नियन्त्रणमा लिएको बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया