समाज

सुनसहित एक व्यक्ति पक्राउ

इकागज |
चैत ७, २०८१ बिहीबार २१:५२ बजे

फाइल फाेटाे

रसुवा - अवैध तवरबाट लुकाइछिपाइ सुन ल्याउने एक व्यक्ति रसुवागढी नाकामा आज पक्राउ परेका छन् ।
        
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–१ का ३३ वर्षीय रवि धमला रहेको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिए । 

जुत्ताभित्र १०६ दशमलव नौ ग्राम सुनका टप, ‌औंठीसमेतका गहना र टुक्रा सुनसमेत लुकाइ छिपाइ ल्याइएको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारको संयुक्त गस्तीटोलीले जाँचका क्रममा बरामद गरिएको प्रहरीले जनाएको छ । 


पक्राउ परेका धमलालाई कानुनी कारबाहीका लागि बरामद सुनसहित रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ । बरामद गरिएको सुनको मूल्य रु १६ लाख १३ हजार आठ सय ६५ भएको प्रहरी प्रमुख शाहीले बताए । 


Author

थप समाचार
x