समाज

१७ वर्षीय बालिकाको बालविवाह गराउने दुई जना पक्राउ

इकागज |
असार ३१, २०७८ बिहीबार ६:२६ बजे

कलैया : १७ वर्षकी बालिकाको बालविवाह गर्ने दुई जना बारामा पक्राउ परेका छन् । बालिकाको २४ वर्षका पुरुषसँग विवाह गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका वडा नम्बर ५ का महेश सहनी र पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ बस्ने ठग सहनीले आपसी सहमति गरेर २४ वर्षका विशाल सहनीको बिहे १७ वर्षकी बालिकासँग गराएका थिए । 


असार १७ गते भुटनदेवी मन्दिरमा बिहे गराएको सूचना स्थानीयले प्रहरीलाई दिएपछि जबर्जस्ती बालविवाह गराउने दुई जना पक्राउ परेका हुन् । 


Author

थप समाचार
x