पहिरोले थुनिएको गुर्जा खोलामा पानी बग्न थाल्यो, जोखिम घट्यो
म्याग्दी : पहाडबाट पहिरो खस्दा म्याग्दीको गुर्जा खोला थुनिएको छ । शनिबार थुनिएको खोलामा आइतबार बिहानदेखि भने पानी बग्न थालेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जा खोला पहाडबाट पहिरो खसेपछि थुनिएको थियो ।
खोला थुनिएपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित जान आग्रह गरिएको थियो । तर आइतबार बिहानैदेखि पानी बग्न थालेपछि जोखिम हटेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया