समाज

थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड

इकागज |
साउन १५, २०७८ शुक्रबार ६:४ बजे

काठमाडौँ : विभिन्न रानजीतिक दलका नेताले दलित समुदायबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् । जागरण मिडिया सेन्टरले आयोजना गरेको ‘समावेशीकरण र राजनीतिक प्रतिबद्धता’ विषयक अन्तक्र्रियामा नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले दलितका विषयमा केही पनि भएन भन्दै गुनासो मात्रै गर्नेभन्दा पनि भएको अधिकारलाई जोगाउँदै अन्य अधिकार प्राप्त गर्न सङ्गठित हुनुपर्ने बताए ।  
    
दलित समुदायले भोग्दै आएको आर्थिक, सामाजिक र राजनीतिक समस्यालाई एकमुष्ठरुपमा समाधान खोज्नुपर्ने उनको भनाइ थियो । नेकपा माओवादी केन्द्र का स्थायी कमिटी सदस्य शक्ति बस्नेतले सबै राजनीतिक पार्टीलाई लोकतन्त्रको व्यावहारिक कार्यान्वयनका लागि आग्रह गर्दैै आफ्नो पार्टीले दलित समुदायका बारेमा पार्टीभित्र विशेष अधिकारको नीति अघि सारेको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बन्द्री पाण्डेले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणका लागि पनि दलित समुदायले भोग्दै आएको समस्या समाधान गर्नुपर्ने बताए । सांसद दुर्गा पौडेलले दलित समुदायका निम्ति दलित दलितबीच प्रतिस्पर्धा हुनेगरी छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्नेमा जोड दिए ।



Author

थप समाचार
x