विराटनगर विमानस्थलमा निलगाईको समूह, उडान अवतरणमै जोखिम
विराटनगर - विराटनगर विमानस्थलको धावनमार्ग वरपर पटक–पटक निलगाई देखिएपछि जहाजको उडान अवतरणमा जोखिम बढेको छ । विमानस्थलको ‘फेन्सिङ’ भित्रै वासस्थान बनाएको हुनसक्ने आशंकाले मंगलबार बिहान सुरक्षाकर्मीसहितको टोलीले घेराउ गरेर खोजबिन गर्दा तीन वटाको समूहमा रहेको निलगाई भागेको विराटनगर विमानस्थलका प्रमुख उत्सव राज खरेलले बताए ।
‘घेराउ हाल्दै जा“दा तिनवटा देखियो पनि, तर यताबाट लखेट्यो उता जाने, उताबाट यता आउने भयो, बिहान फ्लाइट सुरु हुन्जेलसम्म त्यसो गरियो’ खरेलले भने, ‘टावरले पनि पटक–पटक देखेको थियो, आज हामीले आफैँले देख्यौं, धेरै उफ्रिँदो रहेछ, यसले त जहाजै पल्टाइदिने खतरा देखियो ।’
विमानस्थलमा स्यालहरु लगायतका वनजन्तु देखिने गरे पनि त्यसबाट अहिलेसम्म खासै चुनौति नभएको उनले बताए । तर निलगाईका कारण भने दुर्घटनाकै जोखिम बढाएको उनले जानकारी दिए । विमानस्थलको क्षेत्रलाई का“डेतारले घेराबेरा ‘फेन्सिङ’ गरिएको भएपनि त्यहा“ निलगाई कहा“बाट पस्यो भन्ने कुरा पत्ता लाग्न सकेको छैन ।
स्थानीयलाई उदृत गर्दै विमानस्थल प्रमुख खरेलले भने, ‘यो बाहिरबाट आएको होइन भनिएको छ, दुईचार बर्ष पहिल्यैदेखि एयरपोर्टको घेराभित्रै बसिरहेको कुरा सुनियो, धावनमार्गभन्दा बाहिरको क्षेत्रमा रहेको झाडीमा बस्दै आएको हुनसक्ने अनुमान गरेका छौं ।’
विमानस्थलको पश्चिमतर्फको वस्ता खोला रहेको र निलगाईको समूह सोही खोलाबाट प्रवेश गरेको हुनसक्ने अनुमान गरिएको छ । पटक-पटक निलगाई देखिएपछि उडानकै समयमा आइदेला भनेर विमानस्थल सुरक्षामा खटिएको नेपाली सेनासहितको टोली मंगलबार बिहान ५ बजेदेखि ८ बजेसम्म शंकास्पद ठाउँमा खोज्ने क्रममा निलगाई भेटिएको उनकाे भनाइ छ ।
स्थान्तरणमा चुनौति
विमानस्थल प्रमुख खरेलका अनुसार निलगाईलाई पक्रिएर अन्तै नलगेसम्म जोखिम कायमै रहन्छ । त्यसका लागि आफूले डिभिजन वन कार्यालय विराटनगरमा पत्र पठाएर ‘डार्ट’ का लागि अनुरोध गरेको जानकारी दिए । तर सम्बन्धित कार्यालयले ‘डार्ट’ का लागि वन्यजन्तु विभाग र चितवन राष्ट्रिय निकुन्जस“ग समन्वय गर्नुपर्ने जवाफ दिएको बताए ।
‘हामीले मात्रै भनेर पनि नहुने रहेछ, हामीस“ग डार्ट गर्ने संयन्त्र छैन, आफैंले मान्छेहरु खटाएर खोलाबाट बाहिर पठाइदिन पाए फेरि आउँदैन कि भन्ने आशमा छौं’ खरेलले भने, ‘तर एउटा निकायले अर्कोलाई देखाइदिनाले समस्या भइरहेको छ, वन्यजन्तुलाई हामीले हानी गर्न पनि नहुने, समस्या परिसक्यो ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया