आफ्नै मृत्युको प्रमाणपत्र बोकेर हिडिरहेका सुभास तामाङको मृत्यु दर्ता खारेज, पाए नयाँ नागरिकता
मृत्युदर्ताको प्रमाणपत्र खारेज गरी सुभाष तामाङलाई नागरिकताको प्रतिलिपी प्रदान गर्दै प्रजिअ निरौला ।
विराटनगर- मृत्यु भइसकेको खबर पाएपछि घरपरिवारले मृत्यु दर्ता गरिदिएका मोरङको बेलबारी नगरपालिका–११ का सुभाष तामाङको मृत्यु दर्ता खारेज गरिएको छ । उनलाई बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पुनः नागरिकताको प्रतिलिपी पनि हस्तान्तरण गरेका छन् ।
रोजगारीका क्रममा साउदी अरब गएका तामाङको २०७२ असार २५ गते (२०१३ जुलाई १०) मा सडक दुर्घटनामा मृत्यु भएको खबर दुतावासमार्फत आएको थियो । दुर्घटनामा दुईजनाको मृत्यु र दुईजना घाइते भएका थिए । दुई मृतकमध्ये एकजना सुभाष नै भएको भन्दै उनी कार्यरत कम्पनिमार्फत शवलाई साउदीबाट नेपाल पठाइएको थियो । शव आएपछि परिवारका सदस्यले बुझेर परम्परा अनुसार दाहसंस्कार समेत गरेका थिए । तर सुभाषको भनिएको शव भने सोही दुर्घटनामा परेका बागलुङ जिल्लाको ढोरपाटन–६ का तेजेन्द्र भण्डारीको भएको पछि खुलेको थियो ।
त्यतिबेला भोजपुर जिल्लाको साविक कुदाकाउले गाविस–९ (हालको षडानन्दा नगरपालिका–२) मा रहेका परिवारले २०७२ साउन ६ गते सुभाषको मृत्यु दर्ता गरेका थिए । तर पछि उनी जिवितै रहेको खबर आएको थियो । घर परिवारले काजकिरिया समेत गरिसकेका सुभाष साउदीबाट फर्किएपछि न्वारन लगायतका धार्मिक संस्कार पुनः दोहोर्याएर गरेका थिए ।
कुदाकाउलेबाट मोरङको साविक डा“गिहाट–५ (हाल बेलबारी नगरपालिका–११) मा बसाई सरेर आएपछि आफु स–शरिर जिउ“दै रहेको भन्दै नागरिकताका स्थानीय तहदेखि गृहमन्त्रालयसम्म तीन बर्षदेखि धाइरहेका थिए । पञ्जीकरणमा मृत्युघोषित भइसकेका कारण उनलाई सरकारी कार्यालयबाट सेवा लिन समस्या भएको थियो । पञ्जीकरणको अभिलेख अनुसार नै गृह मन्त्रालयको नागरिकता र राहदानीसम्बन्धि विद्युतीय अभिलेखमा पनि उनलाई मृतक घोषित गरिएको थियो । उनले नया“ नागरिकता लिनका लागि अनेकौं प्रयास गरेपनि समस्या भोग्दै आएका थिए ।
बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी निरौलाले मृत्युदर्ता हुनुभन्दा पहिल्यै भोजपुरबाट बसाई सराई गरेर मोरङ आएको प्रमाणको आधारमा सुभाषको मृत्युदर्ता झुटो भएको आधार देखाएर नया“ नागरिकता दिएका दिएका छन् ।
प्रजिअ निरौलाले जारी गरेको निर्णय पर्चा अनुसार सुभाषले पेश गरेको मृत्यु दर्ता प्रमाणपत्र साविक बसोबास भएको कुदाकाउलेबाट बसाई सरी आएको मिति पश्चात भएको देखिएकोले उक्त मृत्यु दर्ता प्रमाणपत्र झुटो देखिएको उल्लेख छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा २४ मा ‘कुनै व्यक्तिले झुटा विवरण दाखिला गरी दर्ताको प्रमाणपत्र लिएको रहेछ भन्ने कुरा प्रमाणित भएमा स्थानीय अधिकारीबाट त्यस्तो दर्ताको प्रमाणपत्र रद्ध हुनेछ’ भन्ने व्यवस्था रहेको छ ।
सोही व्यवस्थालाई टेकेर प्रजिअ निरौलाले सुभाष जिवितै रहेको तथ्य प्रमाणका लागि अब केहि नचाहिने भन्दै मृत्युदर्ता प्रमाण पत्र रद्ध गरिएको बताए । उक्त सूचनालाई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना प्रणालीमा आद्यावधिक गराउन सम्बन्धित स्थानीय पञ्जीकाधिकारीर्ला जानकारी दिने र माग बमोजिमको नागरिकता प्रतिलिपी जारी गर्न आदेश दिने निर्णय भएको बताए ।
उक्त निर्णयस“गै सुभाषलाई प्रजिअ निरौलाले जिल्ला प्रशासन कार्यालय भोजपुरबाट २०६० पुष २१ गते जारी भएको ४८४१–११–२५४४ नम्बरको पुरानै नागरिकताको नयाँ प्रतिलिपी हस्तान्तरण गरेका छन् । सुभाषले खुसी हुँदै भने– ‘यति भएपछि अब म जिवितै रहेको प्रमाणित भयो ।’ उनले आफू फेरी पनि एक पटक विदेश गएर काम गर्न चाहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया