समाज

वीरगञ्ज महानगरमा अख्तियारको छापा

इकागज |
साउन २८, २०७८ बिहीबार २२:५ बजे

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकामा छापा मारेको छ । राजश्व चुहावटसम्बन्धी अनुसन्धानका लागि आयोगले मागेको कागजात महानगरले उपलब्ध नगराएपछि बागमती प्रदेश, हेटौडास्थित अख्तियारको टोलीले महानगर पुगेर आवश्यक छानबिन गरेको हो ।

आयोगले माग गरेको कागजात नदिएपछि हेटौ‌डास्थित कार्यालयबाट आवश्यक छानबिनका लागि महानगर कार्यालयमा टोली पठाइएको आयोगका सूचना अधिकारी सहसचिव विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।


‘राजश्वसम्बन्धी उजुरीको अनुसन्धानका लागि आवश्यक कागजात माग गरेका थियौं, महानगरले पठाइरहेको थिएन’ उनले भने, ‘कागजातको अध्ययनबाट नै प्रमाण संकलन गर्ने हो । त्यसैले कागजात लिन टोली नै पठाएका हौं ।’

माग गरेको आवश्यक कागजात सम्बन्धित कार्यालयले नबुझाउने क्रम बढेपछि अन्य जिल्लाहरुमा पनि अख्तियारले टोली पठाएर कागजपत्र झिकाइरहेको उनको भनाइ छ । वीरगञ्ज महानगरपालिका राजश्व शाखा प्रमुख अरुण बस्नेतले भने कामको व्यस्तताले गर्दा कागजात पठाउन ढिलाइ भएको बताए । 


Author

थप समाचार
x