समाज

इकागजका कार्टुनिस्ट मल्ललाई संकटमा पत्रकारिता प्रोत्साहन पुरस्कार

इकागज |
साउन २८, २०७८ बिहीबार २१:५८ बजे

काठमाडौँ - नेपाल पत्रकार महासंघ एसोसिएट समितिद्वारा प्रदान गरिने ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’ इकागजकर्मी विरोचन मल्लले समेत पाउने भएका छन् । इकागजमा दैनिक कार्टुन बनाउने मल्ल कार्टुनिस्टका रुपमा संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित हुन लागेका हुन् ।

महासंघ अन्तर्गतको एसोसिएट प्रदेशमा आवद्ध संस्थाहरुबाट प्रतिनिधित्व गर्ने संस्थाहरुबाट विधागत रुपमा पत्रकारितामा सक्रिय पत्रकारहरुलाई पुरस्कृत गर्न लागिएको हो । मल्लसँगै अरु ६ जना पत्रकार पनि पुरस्कृत हुने भएका छन् । विभिन्न एसोसिएट संस्थाबाट सिफारिस भइ आएका नामहरु समितिको मंगलबार बसेको बैठकले अनुमोदन गरेको हो ।


पुरस्कारको लागि छनोट भएका पत्रकार आफै पनि कोभिड–१९ संक्रमणमा परि हाल संक्रमणमुक्त भएको समितिले जानकारी दिएको छ । समितिको निर्णय बमोजिम आगामी असोज १ गते हुने एसोसिएट प्रदेशको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा छनौट भएका ६ जना पत्रकारलाई दश हजार रुपैयाँको पुरस्कार र सम्मानपत्र वितरण गरिनेछ । 
 


Author

थप समाचार
x