विद्यालयबाट कम्प्युटर चोरीमा संलग्न तीनजना पक्राउ
जनकपुरधाम - धनुषाको बटेश्वर गाउँपालिकास्थित श्री जनप्रिय माध्यमिक विद्यालयबाट कम्प्युटर चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । १८ साउनमा गाउँपालिका वडानम्बर २ मा रहेको उक्त विद्यालयको ढोका फोरेर २ थान ल्याप्टप, ३० थान कम्प्युटर, एक, एक थान प्रिन्टर र प्रोजेक्टर चोरीमा संलग्नहरूलाई प्रहरीले शुक्रबार प्रक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट सादा पोशाकमा खटिएको प्रहरीको संयुक्त टोलीले प्राप्त सूचनाका आधारमा सोही गाउँपालिकाको वडा नम्बर–४ का प्रमोद महतोको घरमा छापा मारी चोरी गरी लुकाइएको अवस्थामा रहेका रहेका ती सामग्रीसमेत बरामद गरेको छ ।
विद्यालयबाट चोरिएकामध्ये १८ थान कम्प्युटर महतोको घरबाट फेला जिप्रका धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार बस्नेले बताए । उनकाअनुसार कम्प्युटर चोरी आरोपमा प्रहरीले अनुसन्धानका क्रममा महतोसहित सोही ठाउँका बुधन महतो र मिथिला नगरपालिका–८ निवासी रामप्रकाश महतोलाई पक्राउ गरेको हो ।
चोरी भएका कम्प्युटरसहित पक्राउ परेका प्रमोद, बुधन र रामप्रकाशलाई इप्रकामा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए । यस्तै बरामद भएका सामग्रीको अवस्था जाँच गरेर सरोकारवालाको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गर्ने तयारी भएको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया