एक करोड बढी भ्रष्टाचार गर्ने प्रहरी असईविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ - भ्रष्टाचार अभियोगमा प्रहरी सहायक निरीक्षक (असई) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। प्रहरी कल्याण कोषले नक्सालमा सञ्चालन गरिरहेको पेट्रोल पम्पमा कार्यरत असई दिलिप कार्कीले एक करोड तीन लाख ९७ हजार ९ सय ३७ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै आयोगले त्यति नै रकम बिगो माग गर्दै आरोपपत्र दर्ता गरेको हो।
आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार असई कार्कीले पेट्रोल पम्पमा रकम हिनामिना गरेको उजुरी परेपछि छानबिन अघि बढाएको थियो । छानबिनका क्रममा उनले उक्त रकम गलत प्रविष्ट गरी हिनामिना गरेको पाइएपछि आयोगले मुद्दा दर्ता गरेको हो।
कार्कीलाई आठदेखि दश वर्षसम्मको कैद सजाय माग गरिएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया