इटहरी चिनाउने पुस्तक विमोचन
फाइल फोटो
विराटनगर - इटहरीको इतिहाँस चिनाउन लेखिएको पुस्तक ‘इतिहासमा इटहरी’ को सोमबार विमोचन गरिएको छ । इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्वज साँवा, इटहरीका मेयर द्वारिकलाल चौधरी, इटहरीका पहिलो फिल्म निर्माता हेमनारायण चौधरी र इटहरीका पहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरेका हुन् ।
उक्त पुस्तकमा इटहरीको लोपोन्मुख कला संस्कृति, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न आयामसँग सम्बन्धित ऐतिहासिक घटनाक्रमहरु समावेश गरिएको विमोचन कार्यक्रममा जानकारी दिइएको हो ।
पुस्तकमार्फत इटहरीको वर्तमान अवस्था र भावि सम्भावनाहरु समेत उजागर गर्न सहयोग गर्ने अग्रज पत्रकारद्वय कृष्णविनोद लम्साल र रमेश विष्ट, संगीतकर्मी राजु केसीलाई सम्मानित गरिएको थियो ।
नेप्ली मिडिया प्रालिका निर्देशक एवं सम्पादक हिमाल दाहालले पाँच वर्षको तयारीपछि पुस्तक प्रकाशन गरिएको बताए । उनले इटहरीको इतिहाँसलाई बेलैमा अभिलेख गर्ने प्रयास स्वरुप पुस्तक प्रकाशन गरिएको जानकारी दिए ।
इटहरी छोटो अवधिमा घना शहरीकरण भएको प्रदेश १ को प्रमुख शहर हो । पुर्व पश्चिम राजमार्ग र कोशी राजमार्ग इटहरी बजारबाटै जोडिएर छुट्टिएका छन् । तत्कालिन इटहरी नगरपालिकासहित खनार, पकली, एकम्बा र हासपोसा गाविसलाई मिलाएर २०७१ मंसिर १६ इटहरी उपमहानगरपालिका घोषणा गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया