समाज

भारतबाट आउने नेपालीको संख्या बढेपछि गौरीफन्टा नाकाको निरीक्षण

इकागज |
भदौ १, २०७८ मंगलबार २१:३६ बजे

फाइल फोटो

धनगढी - सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कैलालीसँगै जोडिएको कञ्चनपुरको गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् । 

मन्त्री खड्काले नाकामा भारतबाट आउने नेपालीका लागि निर्माण गरिएको होल्डिङ सेन्टर र स्वास्थ्य परीक्षण केन्द्रको निरीक्षण गरेका हुन् । निरीक्षण गर्दै उनले तेस्रो लहरको कोरोना सङ्क्रमण फैलिन नदिन होल्डिङ सेन्टर र स्वास्थ्य परीक्षणलाई व्यवस्थित गरिने बताए । 


भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि दोहोरो होल्डिङ सेन्टरको व्यवस्था गरिने बताउँदै स्वास्थ्य परीक्षण विना कसैलाई पनि नेपाल भित्रिन नदिन सुरक्षा निकायलाई निर्देशन दिए । उनले भारतबाट फर्किने सबै नेपालीको स्वास्थ्य परीक्षण गर्ने प्रदेश सरकारको योजनामा सघाउन सुरक्षा निकाय, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई आग्रह गरे । 
 


Author

थप समाचार
x