नवलपुर-चौतारा सडक
स्थानीय बासिन्दाले खुलाए पहिरोले अवरुद्ध सडक
फाइल फोटो
सिन्धुपाल्चोक : वर्षाका कारण शनिबारदेखि अवरुद्ध नवलपुर–चौतारा सडक सञ्चालनमा आएको छ । इन्द्रावती गाउँपालिका वडा नं २ को बेंशीमाथिबाट पहिरो जाँदा सडक अवरुद्ध भएको हो । इन्द्रावती गाउँपालिकाबाट खटिएको प्राविधिक टोलीले सडक खुलाएको हो ।
स्थानीयवासी विष्णु भारतीका अनुसार युवाहरुले ढुंगा खोजी तलबाट पर्खाल लगाएर गाडी चल्ने बनाएका हुन् । स्थानीयवासी विष्णु भारती, रामप्रसाद गिरी, शुक्रप्रसाद आचार्य, दिपक आचार्य, नवराज थापा, राजु आचार्य, दिपक आचार्य सहितको टोलीले दिनभर श्रम गरी सडक सञ्चालनमा ल्याएका हुन् ।
सडक खुलेसँगै सिन्धुपाल्चोकको ज्यामिरे, शिखरपुर, नवलपुर, बाँडेगाउँ तथा कुन्चोकवासीलाई सदरमुकाम चौतारा तथा राजधानी काठमाडौं जान सहज भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया