समाज

एकै परिवारका तीन जनाले गरे झुन्डिएर आत्महत्या

इकागज |
भदौ ७, २०७८ सोमबार ९:५० बजे

प्रतिकात्‍मक तस्‍बिर

विराटनगर - झापाको कन्काई नगरपालिका–१ सिर्जना टोलका एक दम्पतिले गए राति ८ महिनाकी छोरीसहित आत्महत्या गरेका छन् । वडाध्यक्ष रोशनराज पोखरेलका अनुसार ३४ वर्षीय रविन विक र उनकी श्रीमती २९ वर्षकी मीना विक र ८ महिने छोरी रुविना विक आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको उनले जानकारी दिए ।

उनकाअनुसार वैदेशिक रोजगारीका लागि जाने क्रममा कोभिड परीक्षणगर्दा पोजेटिभ रिपोर्ट आएपछि रविन घरैमा आइसोलसनमा बसिरहेका थिए । इलाका प्रहरी कार्यालय सुरुङ्गा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अहिले घटनास्थलमा खटिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए । मृतक व्यक्ति कोभिड पोजेटिभ भएका कारण प्रहरीलाई थप अनुसन्धान अघि बढाउन कठिनाई भइरहेको जनाइएको छ ।


वडाध्यक्ष पोखरेललका अनुसार रविन पहिले वैदेशिक रोजगारीका लागि मान्छे विदेश पठाउने कार्यमा संलग्न थिए । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रविनले धेरैजनासँग पैसा लिएर नतिरेको भन्दै गुनासो आउने गरेको बताए । केहटी दिन अघिमात्रै ४/५ जना व्यक्तिहरू वडा कार्यालयमै आएर रविनसँग ११ लाख रुपैयाँ लिन बाँकी छ भन्दै निवदेन दिन आएको वडाध्यक्ष पोखरेललले बताए । पछिल्लो पटक उनी आफैं विदेश जाने तयारी गरेर काठमाडौं गएका थिए । तर विदेश उड्नु अघि उनको कोभिड परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएर पुनः घरै फर्किएका थिए ।


Author

थप समाचार
x