विराटनगरका तेस्रो लिंगीले मनाए गाइजात्रा
विराटनगर - विराटनगरमा रहेका समलिंगी तथा तेस्रो लिंगीहरूले मृत्यु भइसकेका समलिंगी तथा तेस्रो लिंगीहरूको स्मरणमा गाईजात्रा र्याली निकालेका छन् । ब्लु डाइमण्ड सोसाइटी विराटनगरको आयोजनामा उनीहरूले सोमबार अपरान्ह १८औं गाईजात्राको अवसरमा र्याली निकालेका हुन् ।
समलिंगीहरूको हक अधिकारबारे विभिन्न नाराहरू उल्लेख गरिएका प्लेकार्ड र ब्यानर बोकेर उनीहरूले विराटनगरको संसारी माइस्थान चोकमा पुगेर कोण सभा गरे । प्रदेश १ का विभिन्न जिल्लामा गरी १ हजार ४ सय जति समलिंगी तथा तेस्रो लिंगीहरू रहेका छन् ।
ब्लु डाइमण्ड सोसाइटी विराटनगरकी अध्यक्ष मुस्कान श्रेष्ठले समलिंगी तथा तेस्रो लिंगीहरू अझै पनि घर परिवार र समाजबाट अपहेलित हुनुपरेको भन्दै अधिकारका लागि लड्दै आएको बताइन् । उनले प्रहरीले समेत अनावश्यक दुख दिने गरेको गुनासो गरिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया